श्रीमानकै साथीले गरे महिलाको दिनदहाडै हत्या


१२ असार २०७६, बिहीबार
hatya 2

सर्लाही, १२ असार । रौतहटको मलंगवा–९ मा श्रीमानका साथ बस्दै आएकी एक महिलाको श्रीमानकै साथीले हत्या गरेको घटना सार्वजनिक भएको छ ।

रौतहटको यमुनामाइ गाउँपालिका–३ स्थायी घर भएकी सुप्रिया भारतीको बिहीबार हत्या भएको हो । मृतक भारती मलंगवा–९ मा रहेको सर्लाही आँखा केन्द्रका डा. दिपेन्द्र रजककी श्रीमती हुन् ।

डा. रजक उपचारमा व्यस्त रहेको बेला मध्यान्ह १२ बजे अप्टिकल असिस्टेन्टको रुपमा कार्यरत ३० वर्षीय अमित बैठाले हत्या गरेको प्रहरीले जनाएको छ । अस्पतालको दोस्रो तल्लामा रहेको निवासमा बस्दै आएकी सुप्रियाको हत्या गरी बैठा भारततर्फ भागेको प्रहरी अनुसन्धानले देखाएको छ ।

३० वर्षीय बैठाले हतौडा प्रहार गरी उनको हत्या गरेको बताइएको छ । बैठाले भारतीसँगै रहेको ४ वर्षीय छोरा दिवसकुमार रजकको टाउकोमा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हत्या गर्ने बैठा डा. रजकको भिनाजुको भाइ समेत हुन् ।

रौतहटका बौधिमाइ नगरपालिका सरमुजबा निवासी उनी हत्या गरी भारत पसेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले बताएका छन् । बैठाले भारतीको हत्या किन गरेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७