एसईई नतिजा सार्वजनिक, ४ लाख ५९ हजार २७५ उत्तीर्ण

यसरी हेर्नुस् नतिजा


१२ असार २०७६, बिहीबार
see result

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टा–छुट्टै सार्वजनिक गरेको हो ।

नतिजाअनुसार सामुदायिक र निजी विद्यालयका गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयका ३ लाख २५ हजार ३३० र निजीका १ लाख ३३ हजार ९४५ जना उत्तीर्ण भएका छन् ।

मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यस पटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–रफरक बनाएर परीक्षा लिइएको थियो ।

नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकै पटक सार्वजनिक गरिएको छ । गत वर्ष असार ९ गते रिजल्ट भएको थियो । यस वर्षको परीक्षामा प्रदेश–२ मा प्रश्नपत्र परीक्षा अगावै बाहिरिएर परीक्षा स्थगित हुँदा केही दिन ढिला हुन पुगेको हो ।

संघीय संरचना अनुसार गरिएको परीक्षामा कुल चार लाख ७५ हजार तीन जना विद्यार्थी सहभागि भएका थिए । जसमा छात्रा तर्फ दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र तर्फ दुई लाख ३६ हजार चार सय ४५ परीक्षार्थी सहभागि थिए ।

२०७५ चैत्र १० गतेबाट परीक्षा सुरु भएको थियो । देशभर कुल परीक्षा केन्द्र १९६९ तोकिएको थियो । प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट– ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

परीक्षाको लागि २९ हजार ५ सय ३५ सुरक्षकर्मी परिचालन गरिएको थियो । अनिवार्य छ वटा विषयको प्रदेश अनुसार फरक प्रश्नपत्रको व्यवस्था गरिएको थियो ।

यसरी हेर्नुस् नतिजा
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने छन् ।

see

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७