एसईईमा करिष्मा मानन्धर ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण


१२ असार २०७६, बिहीबार
karisma see 10

काठमाडौं, १२ असार । नायिका करिष्मा मानन्धरले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बी प्लस ग्रेडमा उत्तीर्ण भएकी छन् । काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन् ।

आज नतिजा सार्वजनिक हुने बित्तिकै आफूले पनि हेरेको उनले बताएकी छन् । यस वर्ष चार लाख ५० हजार २७५ परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

प्रदेश दुईमा भने प्रश्नपत्र बाहिरिएपछि चैतको २२ गतेदेखि २९ गतेसम्म पुनः परीक्षा भएको थियो । बाँकी ६ वटा प्रदेशमा चैत १० देखि २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७