उमेरले छेक्दैन पढ्नलाई, ६७ वर्षकी युगमाया एसईईमा ‘डी’ ग्रेडमा उत्तीर्ण


१२ असार २०७६, बिहीबार
yugmaya karki

काठमाडौं, १२ असार । लगनशिलता र दृढ इच्छाशक्ति सफलता हात पार्न सकिन्छ भन्ने कुरा ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की युगमाया कार्कीको सफलतालाई हेरे पुग्छ ।

युगमायाले आज (बिहीबार) सार्वजनिक भएको एसईई नतिजामा १.५ जीपीए ल्याउँदै डी ग्रेडमा उत्तीण भएकी छन् । उत्प्रेरणा महिला माविमा अध्ययन गरेकी उनले सिद्धेश्वर मावि सुविधानगर परीक्षा केन्द्रबाट काठमाडौँ परीक्षा दिएकी थिइन् ।

पढ्ने उमेर घरायसी कामकाजमै घर्किए पनि उनले आफूभित्रको पढ्ने धोकोलाई त्यतिकै थन्काइनन् । बरु प्रौढ उमेरमा पनि पढ्न सकिन्छ भन्दै आँट गरिन् जसका कारण अहिले उनी सफल समेत भइन् । पढाइ नहुँदा महिलाहरु सबै क्षेत्रमा पछि पर्ने कुरा बुझेपछि आफूले अरुलाई समेत पढाइको महत्व बुझाउन आँट गरेको र आफू सफल समेत भएको बताउँछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७