यी पेम्पा छिरिङ जोसँग चिनियाँ दूतावास र अध्यागमन झुक्कियो, जसका कारण रिसायो अमेरिका


१२ असार २०७६, बिहीबार
तस्बिर : तिब्बतसन
तस्बिर : तिब्बतसन


काठमाडौं, १२ असार :  गत शनिबार नेपाल भ्रमणमा आएका ५३ वर्षिय अमेरिकी नागरिक पेम्पा छिरिङलाई त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयले नियन्त्रणमा लियो । पेम्पा छिरिङ ‘टुरिष्ट भिसा’मा अमेरिकाबाट दिल्ली हुदै काठमाडौं ओर्लिएका थिए । उनलाई नियन्त्रणमा लिनुको कारण थियो, ‘नेपालस्थित चिनियाँ दूतावासको पत्र ।’

चीनले स्वतन्त्र तिब्बत अभियानका तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारको सभामुख पेम्पा छिरिङलाई कालो सूचीमा राखेर नेपाल सरकारलाई नेपाल भ्रमणमा अनुमति नदिन पत्रचार गरेको थियो ।

Penpa Tsering Nepal

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध नेपाल सरकारले चीनको आग्रह अनुसार नै पेम्पा छिरिङलाई नेपाल झर्न साथ नियन्त्रणमा लिएर प्रहरीसँग समन्वय थाल्यो । अध्यागमन कार्यालयले उही पेम्पा छिरिङ भएको निचोड सहित उनलाई शनिबार राती नै कतार हुँदै अमेरिका फर्काइदियो ।

यसअघि तिब्बती नेता दलाई लामाका शिक्षामन्त्री नुडुप छिरिङ पनि साता गोप्य रुपमा नेपाल आए । दलाई लामाका मन्त्रीहरुलाई नेपालमा आउन निषेध भए पनि उनी अन्तराष्ट्रिय विमानस्थल नै प्रयोग गरेर नेपाल आएका थिए । तर, अध्यागमनका अधिकारीहरुले मेसो नै पाएनन् । चीनले पछि असन्तुष्टि जनाएपछि मात्र अध्यागमनका अधिकारीहरु सर्तक भए । त्यही सर्तकताको साथ पेम्पा छिरिङलाई नियन्त्रणमा लिइएको थियो ।

पेम्पा छिरिङलाई अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर अमेरिका फिर्ता पठाएको समाचार केही अग्रेजी पत्रिकाहरुले महत्वको साथ प्रकाशन गरे । यो समाचार प्रकाशित भएपछि ‘रियल’ पेम्पा छिरिङ भने अचम्भित भए । भारतको धरमशाला रहेका पेम्पा छिरिङले आफ्ना समूहसँग त्यो बिषयमा चासो राखे । र, उनले नेपाली सञ्चार माध्यमहरुसँग सम्पर्कमा आएर आफू पक्राउ परेको पेम्पा छिरिङ नभईको बताए ।

को हुन् पेम्पा छिरिङ ?

Penpa Tsering appointed as new representative to Washington DC
पेम्पा छिरिङ

तिब्बती पोष्टका अनुसार अनुसार पेम्पा छिरिङ १९७६ मा साउद इन्डियाको बाईलाकुप्पी भन्ने ठाउँमा जन्मिएका हुन् । उनले चेन्नाईको मद्रास क्रिष्चियनबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । उनले तिब्बत पार्लीमेन्ट्री रिसर्च सेन्टर, दिल्लीमा निर्देशक पदमा रहेर २००८ देखि २०१० सम्म काम गरेका छन् । उनी २००६ मे ३१ मा तिब्बती धर्मगुरु दलाई लामाले बनाएको सरकारको सभामुख पदमा निर्वाचित भएका थिए ।

पेम्पा छिरिङ लामो लामो समयदेखि भारतको धरमशालामा कार्यालय राखेर स्वतन्त्र तिब्बत अभियानका गतिबिधिमा सामेल छन् । उनी दलाई लामाको केन्द्रीय तिब्बत प्रशासनको अमेरिका प्रतिनिधि समेत हुन् ।

उनले अमेरिकी नागरिकता र पासवर्ड नलिएको टिबेटसनको दाबी छ  । भारतले जारी गरेको ‘ट्राभल डकुमेन्ट’का आधारमा यात्रा गर्छन् । तर, उनी त्यही ‘ट्राभल डकुमेन्ट’का आधारमा यसअघि पटक पटक नेपाल भने आएका छन् । उनले भनेका छन्, ‘म २००७ सालमा एक राजनीतिक विचार गोष्ठीमा विचार राख्न गएको थिएँ ।’

त्यसो त उनी भरतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाको विश्वासपात्र मध्येका एक हुन् । लामाको अभियानका प्रमुख नेता मानिन्छन् उनी । दलाई लामा भने यतिबेला अमेरिका भ्रमणमा छन् । पछिल्लो समयमा तिब्बती शरणार्थी क्याम्पहरुमा गत महिना गोप्य रुपमा चुनाव सम्पन्न भएको छ ।

Penpa Tsering and Lama
तिब्बती नेता दलाई लामासँग पेम्पा छिरिङ

आफ्ना नागरिकलाई फिर्ता पठाएको घटना बारे अमेरिकी दूताबासले औपचारिक धारणा भने सार्वजानिक गरेको छैन । यद्यपी उसले आन्तरिक रुपमा असन्तुष्टि भने प्रकट गरेको परराष्ट्र स्रोतको दाबी छ ।

दूतावासकी प्रवक्ता एन्डी डी आर्मेन्टले नेपाल आउन चाहने अमेरिकी नागरिकलाई नेपाल सरकारले फिर्ता पठाइदिएको घटनाले दूतावास मर्माहत भएको सञ्चार माध्यमहरुलाई बताएकी छिन् । उनलाई उधृत गर्दे एक सञ्चार माध्यमले लेखेको छ, ‘यो विशेष घटनाको तथ्यबारे हामीले नेपाल सरकारसँग प्रष्ट पार्न भनेका छौं । के नेपाल आउन चाहने अमेरिकी नागरिकले कुनै विदेशी सरकारहरूबाट स्वीकृति लिनुपर्ने हो ?’

सम्बन्धमा निरन्तर दरार
पछिल्लो समयमा अमेरिका नेपालसँग रुष्ट हुदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला सत्त्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै त्यसको निन्दा गरेर पार्टीका तर्फबाट जनअरी २५ मा एउटा विज्ञप्ति जारी गरे। त्यसले नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्धमा दरार ल्याएको थियो ।

भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिका सहित पश्चिमा देशहरूले हस्तक्षेप गरेको आरोप त्यहाँका राष्ट्रपति निकोलस मदुरोले लगाइरहेको बेला नेपालले पनि भेनेजुएलामा बाह्य हस्तक्षेप हुन नहुने अडान किन लियो । यसपछि अमेरिकाले तिव्र असन्तुष्टी जनायो । त्यो दरार सम्बन्ध बलियो कसिलो बन्न नपाउँदै फेरि अर्को प्रकरणले अमेरिका र नेपालको सम्बन्धमा थप दरार ल्याएको कुटनीतिकमा जानकारहरुको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७