मिस्टर झोलेको ट्रेलर युट्युबको ट्रन्डिङ १ मा (भिडियो)


२७ मंसिर २०७४, बुधबार
mister jhole

काठमाडौँ: चलचित्र मिस्टर झोलेुको ट्रेलर युट्युबको ट्रेन्डिङमा १ मा पुगेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै मिस्टर झोलेको ट्रेलर सार्वजनिक गरिएको थियो । दुई दिनमा नै ट्रेलर युट्युबको पहिलो स्थानमा आपुगेको हो ।mister jhole

सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन रामबाबु गुरुङको रहेको छ। टेकेन खड्काको लगानी रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा र सुजें कार्कीको संगीत रहेको छ । बिक्रम सुनुवारको कोरियोग्राफी रहेको चलचित्रलाई रवि न्यौपानेले खिचेका हुन्।
यहि पौष २८ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको चलचित्रमा दयाहाङ राई, दिया पुन, वर्षा राउत, बुद्धि तामाङ, प्रविन खतिवडा, विजय बराल, निरु खड्का आदि कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७