अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा


१३ असार २०७६, शुक्रबार
algeria

काठमाडौं, १३ असार । सेनेगललाई हराउँदै अल्जेरिया अफ्रिकन कप अफ नेसन्सको प्रिक्वार्टर फाइनलमा पुगेको छ ।

इजिप्टको काइरोमा भएको समूह सी अन्तर्गतको खेलमा लगातार दोस्रो जित हात पारेपछि अल्जेरिया अन्तिम १६ मा स्थान बनाउन सफल भयो । यसअघि पहिलो खेलमा अल्जेरियाले केन्यालाई हराएको थियो ।

एक खेल अगावै अल्जेरियालाई अघिल्लो चरणमा र्पुयाउनका लागि युसुफ बिलाइलीको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ४९ औं मिनेटमा बिलाइलीले गोल गरेका थिए ।

प्रतियोगितामा केन्याले पहिलो जित निकालेको छ । पहिलो खेलमा पराजित भएको केन्याले दोस्रो खेलमा तान्जेनियालाई ३–२ ले हरायो । जितसँगै केन्याले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

मदगास्करले बुरुन्डीलाई १–० ले हराउँदै प्रिक्वार्टर फाइनलको सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा गिनीसँग २–२ गोलको बराबरी खेलेको मदगास्करले बुरुन्डीलाई हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७