समानुपातिकतर्फ काठमाडौंमा काँग्रेसको अग्रता


२७ मंसिर २०७४, बुधबार
nepali congress flag

काठमाडाैं : प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फको मतगणनामा नेपाली काँग्रेसले अग्रता कायम राखेका छन् । अहिलेसम्म काठमाडाैं जिल्लाका तीनवटा निर्वाचन क्षेत्रको सम्पन्न मतगणनामा काँग्रेस अगाडि भएको मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।nepali congress flag
निर्वाचन क्षेत्र नं १, ४ र ८ को समानुपातिकतर्फको मतगणना सम्पन्न भइसकेको छ । जसअनुसार काँग्रेसले ३६ हजार ६०२ मतसहित अगाडि रहेको छ । एमालेले ३२ हजार ५५८, विवेकशील साझा पार्टीले १९ हजार ४५६ र नेकपा (माओवादी केन्द्र)ले पाँच हजार १६५ मत पाएका छन् ।

सातवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘भोलिसम्ममा समानुपातिकतर्फको मतगणना सकिने सम्भावना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७