महिला विश्वकप : आयोजक फ्रान्सलाई हराउँदै अमेरिका सेमिफाइनलमा


१४ असार २०७६, शनिबार
usa vs france

काठमाडौं, १४ असार । साविक विजेता अमेरिका फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा आयोजक फ्रान्सलाई २–१ ले हराउँदै अमेरिका सेमिफाइनलमा पुगेको हो ।

french women

अमेरिकाको जितमा दुवै गोल मेगान रापिनाईले गरेकी थिइन् । उनले दुवै हाफमा एक–एक गोल गरिन् । पाँचौं मिनेटमा उनले प्रहार गरेको लो फ्रिकिक खेलाडीको हुल छिचोल्दै गोलमा परिणत भयो । ६५औं मिनेटमा टोबिन हिथलेको पासमा रापिनोईले गोल गर्दै अमेरिकालाई दुई गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा एउटा सट पनि टार्गेटमा हान्न नसकेको फ्रान्सले दोस्रो हाफमा भने विन्डी रोनार्डको हेडर गोलका कारण फ्रान्समा आशा जागेको थियो । तर थप गोल हुन नसक्दा अमेरिका सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा अमेरिकाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७