कोपा अमेरिका फुटबल : अर्जेन्टिनाले भेनेजुएलालाई हरायो, सेमिफाइनलमा ब्राजिलसँग भेट पक्का


१४ असार २०७६, शनिबार
argentina

काठमाडौं, १४ असार । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

argentina

गए राति भएको क्वार्टर फाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । गए राति अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लो सेल्सोले एक–एक गोल गरेका थिए ।

१० औं मिनेटमा सर्जियो अग्युरोको पासलाई सदुपयोग गर्दै लौटारो मार्टिनेजले गोल गरेका थिए । अर्जेन्टिना भन्दा राम्रो फुटबल खेलेको भेनेजुएला शुरुमै गोल खाएपछि दबाबमा आयो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको अर्जे्न्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । दोस्रो गोलमा पनि अग्युरोको भूमिका रहेको थियो । ७४ औं मिनेटमा सेल्सोले गोल थपेपछि अर्जेन्टिना २–० ले अघि बढेको थियो ।

त्यसपछि थप गोल नभएपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गर्न ब्राजिलसँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी पूरै ९० मिनेट नै मैदानमा रहे पनि गोल गर्न सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७