महिन्द्राको मनसुन सर्भिस क्याम्प


१५ असार २०७६, आईतवार
mansoonn camp offera

काठमाडौं,१५ असार । महिन्द्रा गाडीको नेपालको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको बालाजु अटोवर्कसले मनसुन सर्भिस क्याम्प संचालनमा ल्याएको छ ।

कम्पनीले असार १८गतेदेखि २० गतेसम्म यो क्याम्प संचालन गर्नेछ।यो क्याम्पमा महिन्द्रा गाडीका सबै रेन्जका चार पाँग्रे गाडीहरुलाई विभिन्न ३० चेक प्वाइन्टमा दक्ष प्राविधिकले जाँच गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्याम्पमा ग्राहकको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिनेछ । कम्पनीका अनुसार यो योजनामा ग्राहक तथा चालकलाई स्पेयर पार्टस,लुब्रिकेन्ट र श्रमिक मूल्यमा १० प्रतिशत छुट दिइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७