जितेको चुनाव षड्यन्त्र गरेर हराइयो : भगवती चौधरी


२७ मंसिर २०७४, बुधबार
Bhagawati chaudhariri

सुनसरी : सुनसरी क्षेत्र नम्वर ३ की एमाले उमेदवार भगवती चौधरीले आफूले जीतेको चुनाव षडयन्त्र गरेर हराएको दावी गरेकी छिन् । चौधरीले इटहरीमा पत्रकार सम्मेलन गरी जनताले दिएको अभिमतको संरक्षण गर्न राष्ट्रिय अन्तराष्ट्रिय रुपमा कानुनी उपचार खोज्न जाने बताइन् ।

Bhagawati chaudhariri

उनले अहिलेको परिणाम आफू र आफनो पार्टीलाई स्वीकार्य नभएको जिकिर गरिन् । नेता चौधरीले सत्ता, शक्ति र पैसाको आडमा आफूलाई धाधली गरेर हराइएको आरोप लगाउदै निष्पक्ष छानविनका लागि माग गरेकी छिन् । मतदान अघिकृतले चुनावका दिन मुचुल्का उठाउन प्रयोग गरिने खाली कागजपत्र र मतपेटिका सिल गर्न प्रयोग गरिने वस्तु च्यातिएको अवस्थामा मतगणनास्थल वाहिर भेटिनु षडयन्त्र भएको उनको दावी छ ।
मतगणनाको क्रममा अर्धकटिट सहितको नौ वटा मतपत्र भेटिएपनि सिरियल नम्वर समेत हेर्न नदिएको, मतगणना स्थलमा सीसीक्यामरा राख्न नमानिएको,मतदानस्थलमा मोवाइल प्रयोग गर्न दिइएको लगायतका कार्य आफूलाई हराउन गरिएको उनको आरोप छ ।

उनले उच्चस्तरीय छानविन समिति गठन गरि निष्पक्ष र धाधली रहित पून मतदानको माग समेत गरिन् । पत्रकार सम्मेलनमा वोल्दै सुनसरी क्षेत्र नम्वर ३ ख का विजयी उमेदवार लिलम वस्नेतले वामपन्थी उमेदवारलाई हराउन सेटिड गरेर एकलौटी मतदान समेत भएको बताए । सो कार्यको विरोध गर्दा आफूमाथी आक्रमणको प्रयास भएको उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७