पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कार्वाहीमा


१६ असार २०७६, सोमबार
puna nirman

काठमाडौं, १६ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कार्वाही गरेको छ ।

प्राधिकरणअन्तर्गत भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका ती प्राविधिक विभिन्न गैरकानूनी काममा संलग्न रहेको आरोपमा कार्वाही गरिएको हो ।

भूकम्पपीडितबाट गैरकानूनी रुपमा रकम असुलेको, पीडितलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर कीर्ते गरी हाजिर सिफारिस गर्ने गरेको, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र जिल्ला आयोजना कार्यान्वयन एकाइले दिएका निर्देशन पालना नगरेका कारण कार्वाही गरिएको प्राधिकरणले जनाएको छ ।

ती प्राविधिकको करार सम्झौता भङ्ग गरी नियमानुसार कार्वाही गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । कार्वाहीमा पर्नेमा १२ इञ्जिनीयर, पाँच सव–इञ्जिनीयर र दुई जना सहायक सव–इञ्जिनीयर छन् ।

तीमध्ये नुवाकोटमा कार्यरत आठ, काभ्रेपलाञ्चोकमा कार्यरत तीन, सिन्धुपाल्चोकमा कार्यरत दुई, दोलखामा कार्यरत दुई, धादिङमा कार्यरत दुई जना छन् । भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना प्राविधिक रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७