बुहारीले गरिन् जेठाजुको हत्या


१६ असार २०७६, सोमबार
Death

गोरखा, १६ असार । गोरखाको शहीदलखन गाउँपालिका–७ मा एक महिलाले जेठाजुको हत्या गरेकी छन् ।

खुर्पा प्रहारबाट जेठाजुको हत्या गरेको भन्दै प्रहरीले गोरखाको शहीदलखन गाउँपालिका–७ की ५२ वर्षीया गोरीमाया रानालाई पक्राउ गरेको हो । आफ्ना जेठाजु बुंकोट चारघरेका ८२ वर्षीय बलबहादुर रानालाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा गोरीमायालाई प्रहरीले पक्राउ गरेको हो ।

खुर्पा प्रहारबाट घाइते भएका बलबहादुरलाई उपचारका लागि गोरखा जिल्ला अस्पताल ल्याइएको थियो । उनको अस्पतालमै मृत्यु भएको हो । खुर्पा प्रहार गर्नुको कारण खुलेको छैन । खुर्पासहित पक्राउ परेकी गोरीमायालाई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७