ओलम्पिक कमिटी अध्यक्ष श्रेष्ठ र एप्सका महासचिवबीच भेटवार्ता


१६ असार २०७६, सोमबार
jiwan ram shrestha and ajij mallik

काठमाडौं, १६ असार । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिबनराम श्रेष्ठ र एशियाली खेलकुद पत्रकार महासंघ (एप्स)का महासचिव तथा पाकिस्तान खेलकुद पत्रकार महासंघका अध्यक्ष अमजद अजिज मलिकबीचच काठमाडौमा भेटघाट भएको छ ।

भेटघाटको मुख्य उद्धेश्य एप्स र नेपाल ओलम्पिकबीच नेपालमा हुन गइरहेको १३ औं दक्षिण एशियाली खेलकुदको सफल आयोजनाका लागि संयोजन गर्नु रहेको छ । पाकिस्तानमा रहेर खेलकुदमा कलम चलाउने मलिकले खेलकुद सम्बन्धी १४ वटा पुस्तक प्रकाशन गरेका छन भने २५६ हक्की खेलको कमेन्ट्री समेत गरिसकेका छन ।

भेटघाटका अबसरमा अध्यक्ष श्रेष्ठले खेलकुद बिकासका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने बताउँदै भने, ‘कुनै पनि खेलकुद कार्यक्रम सफलता पूर्बक सम्पन्न गर्न पत्रकारहरुको भूमिका रहन्छ तसर्थ खेलकुद आयोजनाका कुराहरुलाई सकारात्मक र निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्न आवश्यक छ ।’

सो अबसरमा अध्यक्ष श्रेष्ठले नेपालमा हुन गइरहेको १३ औं दक्षिण एशियाली खेलकुद सफल बनाउन पत्रकारहरुलाई आग्रह गर्दै साग खेलको आयोजनाका सकारात्मक र निष्पक्ष समाचारका लागि समेत आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले महासचिव मलिकलाई नेपाल ओलम्पिकका तर्फ बाट मायाको चिनो प्रदान गर्दै एप्स र नेपाल ओलम्पिक मिलेर खेलकुदलाई माथी उठाउन सहकार्य गर्नुपर्ने उल्लेख गरे ।

सो अबसरमा नेपाल खेलकुद पत्रकार मंचका पूर्ब अध्यक्ष निरजंन राजबंशी र अजय फुयाल र बरिष्ठ फोटो पत्रकार सुदर्शन रंजितको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७