अशक्त मजदुरको घर बनाउन जुटे पत्रकार र मजदुर


२७ मंसिर २०७४, बुधबार
bhim juwala rai dharan 4

धरान: मेरुदण्ड भाचिएर थलिएका मजदुर पुण्य प्याकु्रेलको घर निर्माणका लागि धरानका मजदुर नेता तथा पत्रकाररुले अभियान थालेका छन् ।bhim juwala rai dharan 4

धरान १५ स्थित महादेव चोक निवासी ३४ वर्षिय प्याकु्रेलका लागि भान्छा कोठा, शौचालय तथा दुईवटा कोठा सहितको घर निर्माणका लागि अभियान थालेका हुन् ।२९ महिना अघि सडक दुर्घटनामा परि मेरुदण्ड भाचिएर जिवनमरणको दोसाधमा रहेका प्याकु्रेल आफन्तकोमा आश्रय लिएर बसेका छन् श्रीमती, एक छोरी र एक छोरा रहेका उनको कम्मरमुनीको भाग चल्दैन, उनी सिधा बस्न समेत सक्दैनन्, दिशा पिशाव समेत ओछ्यानमै गर्नु पर्ने अवस्था रहेको छ । अशक्त मजदुरको घर बनाउन जुटे पत्रकार र मजदुर 2
महादेव चोक नजिकै रहेको उनको जग्गामा विभिन्न सहयोगीहरुको सहयोगमा मजदुर नेता तथा पत्रकारहरुले घर बनाईदिन अभियान थालेका हुन् । मंसिर २२ गते घर निर्माणका लागि समितिनै निर्माण गरेर अभियान सञ्चालन गरिएको छ । घर निर्माणका लागि प्राविधिकले ज्याला बाहेक चार लाख एक सयको वजेट निर्माण गरिदिएपछि आर्थिक सहयोगका लागि समुह क्रियाशिल रहेको छ ।
समितिले हालसम्म करिव साढे दुईलाख बराबरको नगत तथा जिन्सी सामान संकलन गरिसकेको छ । जस अनुसार खांदबारीका सन्तोष राईले जस्तापाताका लागि ३५ हजार, केके ईन्टरनेशनल स्कुलका अध्यक्ष तथा ईन्जीनीयर प्रविन अग्रवालले नगद २१ हजार, धरानका व्यापारी पवन अग्रवालले २१ हजार, समाजसेवी जिबि खड्काले २० हजार बरावरको वालुवा, हिमाल राई मार्फत ईसाई समाजबाट ६० हजार बरावरको ईटा, मनकामना हार्डवेयरका प्रोप्राईटर नविन राजभण्डारीबाट २० बोरा सिमेन्ट, हस्त श्रेष्ठबाट १० हजार प्राप्त भएको छ ।
त्यस्तै यज्ञ प्रसाईबाट १० हजार, कमल काफ्ले, डिकवहादुर मगर, नरेश मगर, जिज्ञासु प्याकुरेल तथा स्वर्गिय खड्गवहादुर कार्कीबाट जनही ५ हजारका दरले सहयोग प्राप्त गरिएको समितिका संयोजक कमल भटराईले बताए ।
त्यस्तै हिमाल दाहाल र बादल भटराईबाट १३ हजार, सुनिल पाख्रिनबाट ३ हजार पांच, नेत्र काफ्लेबाट ३ हजार ७ सय ५०, सुक तुम्रोक बाट ३ हजार, प्रहरी निरिक्षक होमराज दाहालबाट २५ सय, महालक्ष्मी ईलेक्टोनिक्सबाट एक थाल फ्रिज र एक थान टेलीभिजन, पत्रकार उपेन्द्र चाम्लिंग राईबाट ११ हजार र गोपि खतिवडाबाट पांच सय सहयोग प्रदान गरिएको छ ।
बुधबार सहयोगबारे जानकारी गराउदै समितिले सहयोगदाताहरुलाई धन्यवाद दिएको छ साथै तत्काल काम थालनी गरिने र अपुग रकम समिति मार्फत सहयोगदाताहरुसंग आहवान गरिने अभियन्ता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा पत्रकार भीमज्वाला राईले जानकारी गराए ।bhim juwala rai dharan 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७