भीआईपी जुवा अखाडामा करोडौंको जीतहार


१६ असार २०७६, सोमबार
Juwa

पत्रपत्रिकाबाट

काठमाडौं, १६ असार । जुवामा लत परेका धनाढ्यहरूलाई सेटिङमै जुवा खेलाई एक वर्षमै सडकपतिबाट करोड पति बन्न सफल बनेका छन् काभ्रेली समूहका रोशन लामा, दावा लामा र काभ्रेलीको भान्जा भनेर चिनिने गोर्खा लामा ।

पछिल्लो समय गुण्डागर्दीकै कारण प्रहरीको मोस्ट वान्टेडमा परेका दावा लामालाई समेत माथ खुवाउनेगरी प्रहरीकै सेटिङमा गुण्डागर्दी र जुवा अखडा संचालन गरी एक वर्षको अवधिमा काभ्रेली समूहका रोशन, दावा र गोर्खा (पूर्वसांसद तीर्थ लामाका भान्जा) करोडौंपति बन्न सफल भएको स्रोतको दाबी छ ।

यी चार जना प्रत्येक दिन ठाउँ परिवर्तन गरी जुवा अखाडा संचालन गर्दै आइरहेका छन् । उनीहरुले हप्ताको ६ दिन ‘नमस्ते’ अर्थात् ‘फेयर’ गेम खेलाउने र एक दिन ६ दिन खेलेर जित्नेलाई सेटिङमै हराउने गरेको जुवा खेल्न जाने पीडितले नाम नछाप्ने सर्तमा बताएका छन् ।

गुण्डागर्दी पृष्ठभूमि भएका रोशन, दावा र गोर्खाले कौडामा रिमोट सिस्टमअनुसार चल्ने बनाई सेटिङमै करोडौं रुपैयाँ हारजित गराउने गरेको लामा थरका एक जुवाडेले बताए । यी चारजनाले स्थानीय प्रहरीलाई सेटिङ मिलाई निर्धक्कसँग जुवा संचालन गर्दै आइरहेका छन् ।

यिनीहरुले सितापाइला अपार्टमेन्ट १ नम्बरको फ्ल्याट नं. २, सोह्रखुट्टे, बालाजु, कीर्तिपुर, ललितपुरको हात्तीवनसँगै जोडिएको सीटीस्केप अपार्टमेन्टमा मिनी क्यासिनोकै शैलीमा जुवा अखडा संचालन गर्दै आइरहेका छन् । यिनीहरु केही वर्षअगाडि प्रहरीको मोस्ट वान्टेड सूचीमा समेत रहेका थिए ।

तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रमुख विक्रमसिंह थापाको खोजी स्चिमा रहेका यिनीहरु त्यतिबेला भूमिगत रहेका थिए । पछि एसएसपी थापाको अवकासपछि यिनीहरु प्रहरीकै सेटिङमा निर्धक्कसँग जुवा संचालन गर्दै आइरहेका छन् । यिनीहरु एक वर्षको अवधिमा करोडौंको मालिकसमेत बन्न सफल बनिसकेका छन् ।

यी चार गुण्डा तथा जुवाडेले पुख्र्यौली खर सिन्धुली भएका हाल काठमाडौंको कपन बस्ने राजु दाहालबाट सेटिङकै जुवाबाट दुई करोड रुपैयाँ कुम्ल्याएपछि अहिले सेटिङ जुवामा राजु दाहाललाई पनि १० प्रतिशतको हिस्सेदार बनाई काठमाडौंमा जुवा अखडा संचालन गर्दै आइरहेका छन् ।

राजु दाहाल जग्गा व्यवसायी हुन् । यिनले कपन, बौद्ध, जोरपाटीलगायतका स्थानमा जग्गा प्लटिङ गर्छन् भने अन्य समय जुवा खेलाउने र खेल्ने धन्दा गर्दै आइरहेका छन् ।

त्यसैगरी, सेटिङमै जुवा खेलाएर ललितपुर ठेचोका कान्छा बस्नेतको गएको दशैं र तिहारको बीचमा एक करोड ५० लाख रुपैयाँ लगेका थिए । त्यसपछि ठेचोकै प्रेम मगरको सेटिङमा रोशन, दावा, सत्यमान र गोर्खासँग सहमति गरी कान्छा बस्नेतलाई १० प्रतिशतको हिस्सेदार बनाई सेटिङमै जुवा खेलाई धेरैको घरबार बिहीनसमेत बनाइदिएका छन् । कान्छा बस्नेत ललितपुरका जुवा एजेन्टका रुपमा रहेका छन् ।

कान्छा बस्नेतका व्यापारिक पार्टनर युनाइटेड ऐकेडेमीका मालिक द्रिपप्रसाद चाम्लिङलाई सेटिङमै जुवा खेलाई केही महिना अगाडि दुई करोड रुपैयाँ हराएको चाम्लिङ नजिकका जुवाडेले बताएका छन् ।

त्यसैगरी, सेटिङमै जुवा खेलाई बौद्धका मानबहादुर लामा, कपनका भट्टराईलगायतका व्यक्तिबाट दशौं करोड कुम्ल्याउन सफल भइसकेका छन् ।

केही महिना अगाडि कपनका भट्टराई थरका व्यक्तिलाई सेटिङमै जुवा खेलाई करोडौं रुपैयाँ हारेको र त्यो पैसा तिर्न नसकेपछि रोशन र गोर्खाले ज्यानै मार्ने धम्की दिन थालेपछि ती भट्टराई थरका व्यक्तिले कपनकै १५ अना जग्गा चावहिल मालपोतबाटै केही महिना अगाडि रोशन र गोर्खाको नाममा पास गरेर दिएका थिए, आजको साँघु साप्ताहिकमा समाचार छ ।

स्मरणीय छ, ठेचोका कान्छा बस्नेतलगायतका जुवाडेहरुलाई सातदोबाटो प्रहरीले गत वर्ष जुवा खेलिरहेकै अवस्थामा करिब नगद पाँच लाखसहित रंगेहात पक्राउ गरेको थियो ।

पक्राउ पछि सातदोबाटो प्रहरीले म्याद थप गरे पनि सोही दिन पैसाकै चलखेलमा तत्कालिन डीएसपी विनोद सिलवालले रातारात गरी मुद्दाको फाइल पेश गरी सोही दिन छुट्न सफल बनेका थिए । हालका सातदोबाटो प्रहरी बृत्तका डीएसपी गौतम मिश्रले पनि बस्नेतको जुवा अखाडाबाट मासिक दस्तुरी लिएर संरक्षण गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७