सत्याग्रह समितिद्धारा घोषित आन्दोलन स्थगन


१६ असार २०७६, सोमबार
Ex Gurkha


ललितपुर, १६ असार :  सत्याग्रह संयुक्त संघर्ष समितिले घोषित पूर्व निर्धारित आन्दोलनको कार्यक्रमहरुलाई स्थगित गरेको छ । समितिले बेलायत सरकार र नेपाल सरकारलाई जुलाई १ सम्मको अल्टिमेटम दिदै यस अघि गरेको आन्दोलनको कार्यक्रम स्थगित गरेको हो ।

भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति नेपालले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलन स्थगित गरेको घोषणा गरेको हो । बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी थेरेसा मेसँग गोरखाहरुको समस्या सम्बोधनको निम्ती कुरा उठाएको र बेलायत सरकार पनि सकरात्मक देखिएको भन्दै आन्दोलन स्थगित गरेको हो ।

समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी थेरेसा मेसँग सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिका विषयमा कुरा उठाएर भूपू गोर्खा सेनाका मुद्दालाई समयसापेक्ष बनाउन गरेको बताए ।

समितिका महासचिव एसबी घिसिङले आउँदो सेप्टेम्बरसम्ममा नेपाल सरकारले माग पूरा गरिदिने पहल नगरे पुनः आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७