प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान


१७ असार २०७६, मंगलवार
Sherdhan Rai

काठमाडौं, १७ असार । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको बाल्टिमोरमा असार २० देखि २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनमा भाग लिनका सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मुख्यमन्त्री राई उक्त कार्यक्रको प्रमुख अतिथि रहेका छन् । मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार उनले गैरआवासीय नेपालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश–१ को विकास प्रक्रियाका बारेमा सम्बोधन गर्नुका साथै गैरआवासीय नेपालीको भूमिकाको विषयमा समेत धारणा राख्ने जनाइएको छ ।

प्रदेश–१ सरकारले भर्खरै नीति तथा कार्यक्रम र बजेट ल्याएसँगै मुख्यमन्त्री राईको यो अमेरिका भ्रमणलाई निकै अर्थपूर्ण हेरिएको छ । नीति कार्यक्रम र बजेटमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने जनाएको छ ।

लगानी सम्मेलनबारे पनि मुख्यमन्त्री राईले अमेरिकामा रहेका नेपालीहरुसँग छलफल गर्ने जनाइएको छ । यसअघि यो कार्यक्रममा भाग लिन नेपालका विशिष्ट व्यक्तित्वहरु सहभागी भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७