मनाङ मर्स्याङदी क्लब फाइनलमा


२७ मंसिर २०७४, बुधबार
manag marsyandi

काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो ।manag marsyandi
मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए ।
खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन नसकेपछि त्यही गोल निणार्यक बन्न पूग्यो ।
खेलको म्यान अफ द म्याच मनाङका हेमन गुरुङ भए । उनले नगद पाँच हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे।
अन्तिम सेमीफाइनल खेल विहीवारको त्रिभुवन आर्मी क्लब काठमाण्डौ र अग्नी रुपन्देही ११ रुपन्देही बिच हुनेछ । फाइनल खेल पुष १ गते शनिवार हुँने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७