मोटरसाइकल चोरलाई सार्वजनिक अपराधमा म्याद थप


१७ असार २०७६, मंगलवार
dan b malla 1

चितवन, १७ असार । चितवन प्रहरीले २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित रोहित श्रेष्ठलाई २०७६ असार १३ मा पक्राउ गर्‍यो ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रोहित मोटरसाइकल वर्कसपका संचालक रोहित श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको थियो ।


भारतबाट चोरीका मोटरसाइल ल्याई काटेर अल्टीपल्टी गरी बितरण गर्दैआएको चितवनका एसपी दानबहादुर मल्लले नै पत्रकारहरुलाई जानकारी दिएका थिए । तर यो जानकारी दिएका एसपी मल्लले एकाएक उनीहरुलाई चोरीको मुद्दा नलगाई सार्वजनिक अपराधमा म्यादथप गरेपछि उनीहरुलाई पक्राउ गर्नुको उद्देश्य लाइन मिलाउन ‘बार्गेनिङ’ रहेको स्रोतको दाबी छ ।

आइतबार उनीहरुलाई सार्वजनिक अपराधमा म्यादथप गरेपछि प्रहरीको सेटिङ छताछुल्ल भएको हो । भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कशपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरु बरामद गरेको प्रहरीले जनाएको थियो । तर चोरीका मोटरसाइल सहित पक्राउ परेका श्रेष्ठसँग घुसमा कुरा मिलाएर सार्वजनिक अपराधमा म्यादथप गरिनुले प्रहरीको नियत छर्लङ्ग भएको छ ।

इन्जीन नभएका च्यासिस ८ थान बरामद गरेको प्रहरीले प्रेसविज्ञप्तिमै जानकारी दिएको छ । तर शनिबार दिनभर मोटरसाइकल चोरीका नाइके रोहित श्रेष्ठसँग एसपी मल्लका बीचौलिया विजय विकले १० लाख घुसमा सहमति गरेपछि एकाएका चोरीको मुद्दालाई सार्वजनिक अपराधमा परिवर्तन गरी म्यादथप गरिएको छ ।

मोटरसाइकल चोरीमा पक्राउ परेका रोहित श्रेष्ठको तर्फबाट सहजकर्ताको भूमिका निर्वाह गर्ने काठमाडौंदेखि नेपालभरको चोरीका मोटरसाइकल र गाडीको गिरोहका नाइके दीपेन्द्र श्रेष्ठ भन्ने दीपुले गरेका थिए । एसपीको तर्फबाट आफूलाई वाइसीएल नेता दाबी गर्दैआएका तर मल्ल काठमाडौंको दरबारमार्ग बृत्तको प्रमुख हुँदादेखि प्रहरीको बिचौलियाको काम गर्ने विजय विकले गरेका थिए ।

मोटरसाइकल र चोरीका गाडीको कारोबारका बादशाह भरतपुरको मनकामना वर्कसपका संचालक दिपु श्रेष्ठसँग एसपी मल्लले जानासाथ कनेक्सन मिलाइसकेका छन् ।

रोहित श्रेष्ठलाई आर्थिक चलखेलमा सार्वजनिक अपराधमा म्याद थप गरिएको सूचना ३ नम्बर प्रदेशका डीआइजी शेरबहादुर बस्नेतसम्म पनि पुगेको छ । तर उनी पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालको पीएसओ बसेका मल्ललाई केही गर्नसक्ने अवस्थामा छैनन् ।

उनी दाहालकै छिमेकी भएकाले भनसुन गरी ३ नम्बर प्रदेशमा सरुवा भएकाले पनि मल्लको आर्थिक चलखेलमा मौन बस्ने गरेका छन् । मोटरसाइकल चोरीमा संलग्न रोहित श्रेष्ठसँग घुसमा कुरा मिलाएर सार्वजनिक अपराधमा मुद्दा चलाएका एसपी मल्लले सट्टेबाजीमा पक्राउ परेकासँग पनि बिजय विकमार्फत् मोलमोलाई गरिरहेको स्रोतले बताएको छ ।

चितवनमा सट्टेवाजी गिरोहका नाइकेका रुपमा चिनिएका मुकेश साहलाई नगद तीन लाख ५० हजार र पाँच वटा मोबाइल सहित प्रहरीले २०७६ असार १० मा नारायणगढबाट पक्राउ गरेको हो । सट्टेबाजीमा संलग्न साहसँग पनि विकले मोलमोलाइ गर्दैआएका छन् ।

रोहित मोटरसाइकल वर्कसपबाट रोहित श्रेष्ठसँगै पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ बर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ बर्षीय कृष्ण शाह, कलैया–३ बस्ने १८ बर्षीय महाविर चौधरी र भारतीय नागरिक १४ बर्षीय राजा कुमार छन् ।dipu

दीपु श्रेष्ठको मनकामना वर्कसपमा काठमाडौं, पोखराजस्ता सहरबाट चोरीका मोटरसाइकल लाने र बिक्री गर्ने गरिन्छ । उनको वर्कसपमा चोरीका गाडीदेखि मोटरसाइकलको कारोबार हुने गरेको छ । काठमाडौं, पोखरा जस्ता सहरबाट चोरीका मोटरसाइकल अधिकांश दिपुकै मनकामना वर्कसपमा पुग्ने गरेका छन् ।

चोरीका मोटरसाइकल मनकामना वर्कसपमा पुग्नासाथ अप्रेसन(खोलखाल) पारी अर्को नयाँ मोटरसाइकल तयार पारिन्छ । मोटरसाइकल चोरीको मुख्य नाइके दीपु श्रेष्ठको मनकामना वर्कसपमा प्रहरीले कारबाही नगरी रोहित मोटरसाइकलबाट ४ जनालाई पक्राउ गरेको छ ।

चितवन नेकपाका केही नेताहरु(पूर्वमाओवादी पृष्ठभूमि)को संरक्षणप्राप्त दीपुले हरेक प्रहरी प्रमुखलाई चितवनमा जानासाथ लाइन मिलाउने गरेका छन् ।

चितवनमा भर्खरै सरुवा भएका एसपी दानबहादुर मल्ललाई पनि उनले मिलाइसकेका छन् । रोहित श्रेष्ठलाई सार्वजनिक अपराधमा म्यादथप गराउने काममा पनि दिपुको सक्रियता रहेको थियो ।

केही बर्षदेखि चितवनको मनकामना वर्कसप चोरीका मोटरसाइकल र गाडी खरिदबिक्री गर्ने मुख्य केन्द्र हो । विगतका चितवनका एसपी दीपक थापासँग त क्वाटरमै आएर खाने बस्ने दीपु श्रेष्ठको

सुशीलसिंह राठौरसँग पनि राम्रै कनेक्सन थियो । अहिलेका एसपी मल्ल पनि उनको कनेक्सनमा पुगिसकेकाले उनको वर्कसपमा चोरीका मोटरसाइलको खरिदबिक्री हुने गरेको सूचना पाएर पनि एक्सनमा नगएको स्रोतको दाबी छ ।

जागिर अवधि छोटो भएका एसपी मल्ल पनि दीपुको प्रभावमा परेका कारण उनको वर्कसपमा छापा समेत नमारी फाइदा लिएको आशंका गरिएको छ । एसपी मल्ल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पीएसओ भएकै आधारमा चितवनमा सरुवा हुन सफल भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७