सरकारको काम र गतिविधि अलोकप्रिय : वरिष्ठ नेता नेपाल

‘आइफा अवार्ड’ प्रति असन्तुष्टि जनाउँदै भने, ‘नेपालीले दुःख पाउने र विदेशी रमाउने निर्णय नगर्नुस्’


१७ असार २०७६, मंगलवार
Madhav Kumar Nepal माधवकुमार नेपाल is a Nepalese politician who was Prime Minister of Nepal

काठमाडौं, १७ असार । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि निर्णय गर्दा देश र जनताको हितलाई पहिलो प्राथमिकता दिन सरकारलाई सुझाव दिएका छन् ।

उनले सरकारका केहि पछिल्ला निर्णय र काम कार्वाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता समेत व्यक्ति गरेका छन् । पूर्व सांसद मञ्च नेपालको १९ औं साधरणसभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले नेपालीले दुःख पाउने र विदेशी आएर रमाउने तरिका नअपनाउन सरकारलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभ–हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने बताएका छन् । उनले भने, ‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नु पर्छ ।

राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।’

सरकारले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताएका हुन् । न्यूनतम पूर्वाधार बिना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या सिर्जनाा भएको टिप्पणी उनले गरेका छन् । व्यवहारमा पुष्टि नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उनले परिर्वतनको आवश्यकता औंल्याएका छन् ।

उनले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको पनि परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्‍यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढङ्गले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने आवश्यकता पर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७