९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ


२७ मंसिर २०७४, बुधबार
९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ5750

सुरुङ्गा झापा: ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक आज झापामा पक्राउ परेका छन्।९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ5750

पक्राउ पर्नेमा पश्चिम बंगाल आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम मियाँ रहेका छन्। उनलाई इप्रका दमकले दमक–६ स्थित सब्जी बजारबाट ४८ थान भारतीय रुपैयाँ दुई हजारको नोटसहित पक्राउ गरेको हो।

पक्राउ परेका मियाँलाई इप्रका दमकमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई मुलुकी ऐनको महल–६ को दफा–८ अन्तर्गत खोटाचलन मुद्दा चलाइने तयारी भइरहेको प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७