‘कबीर सिंह’ ब्लकबस्टर, शाहिदले बढाए दोब्बर पारिश्रमिक


१७ असार २०७६, मंगलवार
sahid1

मुम्बई, १७ असार । शाहिद कपूर अभिनीत फिल्म ‘कबीर सिंह’ ले बक्सअफिसमा अविश्वसनीय सफलता हासिल गरेको छ ।

यो फिल्मले दोस्रो हप्ता पनि बम्पर व्यापार गरिरहेको छ । हरेक दिन फिल्मले सफलताको नयाँ नयाँ आयाम रच्दै गएको छ । ‘कबीर सिंह ’को सफलतापछि शाहिदको खुशीको पनि सीमा छैन । उनी फिल्मको सफलताबाट निकै खुशी छन् ।

भारतीय मिडियाका अनुुसार, फिल्मको कमीका कारण लामो समयदेखि तनाबमा रहेका शाहिदले ‘कबीर सिंह’ ब्लकबस्टर भएपछि आफ्नो पारिश्रमिक दोब्बर बढाउने फैसला गरेका छन् । यसअघि उनले एक फिल्ममा १० देखि १२ करोडसम्म पारिश्रमिक लिँदै आएका थिए । हालै उनले एक फिल्मका लागि २१ करोड लिएको चर्चा छ ।

बलिउड लाइफका अनुसार, ‘कबीर सिंह’ को सफलतापछि इन्डस्ट्रीमा अचानक शाहिदको डिमान्ड बढेको छ । उनलाई कयौं ठूला फिल्म मिल्न थालेको छ । अब उनी एक फिल्मका लागि २१ करोडभन्दा तल काम नगर्ने मनस्थितिमा छन् । ‘कबीर सिंह’ को प्रमोसनको क्रममा उनले आफूसँग फिल्म नभएको र यो फिल्मपछि खाली रहेको बताएका थिए ।

फिल्म ‘कबीर सिंह’ तेलुगू फिल्म ’अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । यो फिल्म २१ जूनमा रिलिज भएको थियो । तबदेखि बक्सअफिसमा फिल्म छाएको छ । फिल्मले हालसम्म १ सय ८० करोडभन्दा बढीको व्यापार गरिसकेको छ । यो शाहिदको करिअरको सबैभन्दा ठूलो हिट फिल्म होे । फिल्ममा शाहिदको अपोजिटमा कियारा आडवाणी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७