आइफाको लागि ‘खतरनाक’ भारतीय प्रस्ताव : के छ प्रस्तावमा ?


१७ असार २०७६, मंगलवार
aifa award

काठमाडौं, १७ असार :  इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)–१९ को आयोजनाको बिषयमा अहिले तिव्र बहस भइरहेको छ । सरकारका मन्त्री र नेपाल पर्यटन बोर्डले आइफाको २० औँ संस्करणको आयोजनाले राष्ट्रिय गौरव बढ्ने दाबी गरेको छ । तर, भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै यसको बिरोध पनि उत्तिकै छ ।

भारतीय पक्षले पठाएको प्रस्तावको कारण प्रतिनिधिसभाको मंगलबार अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक तनावपूर्ण भयो । समितिको बैठकले भारतीय पक्षको प्रस्तावले नेपालको स्वाधिनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ ।

सत्तारुढ नेकपाका सांसद सुदन किरातीले आइफा अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव पढ्दा नेपाललाई भारतले एउटा प्रान्तको रुपमा व्यवाहार गरेको बताउँछन् । उनले भने,‘हाम्रो देशलाई भारतले एउटा प्रान्त जस्तो बनाउन खोजेको देखिन्छ । यदि यो प्रस्ताव मानिए हाम्रो देशको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधिनता समाप्त हुन्छ । याे हामी माथिको यो मनोवैज्ञानिक तथा सांस्कृतिक हमला हो ।’

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड हुने तर सरकारले पैसा नदिने दाबी गरेका छन् । तर, सरकारका प्रवक्ता बाँस्कोटा र भारतीय पक्षले पठाएको प्रस्ताव भने मेल खादैँन भारतीय पक्षले पठाएको प्रस्तावमा ४ मिलियन अमेरिकी डलर (कर सहित) दिनुपर्ने उल्लेख छ । तर, दोस्रो प्राबधानले ५ मिलियन अर्थात् ५० लाख अमेरिकी डलर दिनुपर्ने हुन्छ । (हेर्नुहोस् तल प्रस्ताव)

IFFA

पैसा दुई किस्तामा दिनुपर्ने उल्लेख छ । पहिलो किस्ता अर्थात् सम्झौतमा हस्तक्षर भएपछि १० जुलाई २०१९ सम्ममा २५ लाख अमेरिकी डलर र दोस्रो किस्ता १ अगस्ट २०१९ सम्ममा २५ लाख अमेरिकी डलर दिनुपर्ने उल्लेख छ ।

चार हजार दर्शक हट्ने कार्यक्रम स्थलको व्यबस्थापन गर्नुपर्ने र कार्यक्रम स्थल २० दिन भारतीय पक्षले प्रयोग गर्ने प्रस्तावमा उल्लेख छ । भारतीय पक्षले सैनिक मुख्यालयको सामुन्ने फुटबल मैदानलाई रोजेका छन् ।

यदि उनीहरुको प्रस्ताव मानिए सैनिक मुख्यालयभित्रको संवेदनशील क्षेत्र २० दिन भारतीयहरुको नियन्त्रणमा रहनेछ । एउटा स्वाधिन मुलुकको सैनिक मुख्यालय क्षेत्र २० दिन अरु देशको कब्जामा दिनु बिडम्नापूर्ण हुने सांसद सुदन किराती बताउँछन् ।

कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट संकलनबाट उठेको सम्पूर्ण रकम आइफाले नै उठाउनेछ । कार्यक्रमबाट उठेको रकम नेपालले पाउने छैन । कार्यक्रममा सहभागि हुन करिब ६ सय कलाकार नेपाल आउनेछन् । उनीहरुलाई जहाज मार्फत काठमाडौसम्म ल्याउने जिम्मा सबै नेपालले नै लिनुपर्ने हुन्छ । अतिथिको सम्पूर्ण प्रबन्ध नेपालले नै गर्नुपर्नेछ । यदि कार्यक्रमको बिषयमा विवाद र मुद्दा मामिला आएमा नेपाल भारतीय अदालत जानुपर्नेछ ।

 

हेर्नुहोस् भारतीय प्रस्तावकाे पूर्ण पाठ :-

iifa award proposal 2

 iifa award proposal 3 iifa award proposal 4 iifa award proposal 5 iifa award proposal 6

iifa award proposal 7 iifa award proposal 8 iifa award proposal 9      

iifa award proposal 10 iifa award proposal 11 iifa award proposal 12 iifa award proposal 13

iifa award proposal 14 iifa award proposal 15 iifa award proposal 16 iifa award proposal 17             

iifa award proposal 18 iifa award proposal 19 iifa award proposal 20 iifa award proposal 21 iifa award proposal 22

 

सिंहदरबारमा सोमबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा आइफा अवार्ड आयोजना बारेमा छलफल गरिएको थियो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई समेत बोलाइएको थियो । तर, उनी उपस्थित भएनन् ।

बैठकमा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी उपस्थीत थिए । सुरुमै सांसदहरुले आइफा अवार्डको बारेमा प्रश्न उठाउँदै जानकारी मागे । तर, सचिव सापकोटा र सिइओ जोशीले नेपालको पर्यटन प्रबद्धन र व्यापारिक फाइदा हुने भन्दै उत्तर दिए । यसपछि संसदहरुले आइफा अवार्डका लागि भारतीय पक्षले पठाएको प्रस्ताव मागे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य समेत रहेका पूर्वमन्त्री भिम रावलले आइफा अवार्डको तिब्र बिरोध गरे ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि प्रसाद सापकोटाले आइफा अवार्डको बारेमा तिव्र बिरोध मात्रै गरेनन् धरधरी रोए । भारतीय प्रस्ताव मानिए देशको स्वाधिनता, स्वतन्त्रता र सार्बभौमसत्तामाथि नै हस्तक्षेप हुने भन्दै सांसद सापकोटाले बिरोध गरे । उनले रुदै सोधे,‘होइन यहाँ के गर्न खोजिदैछ ?’ नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका सांसद प्रकाशमान सिंहले पनि आइफा अवार्डमा नेपाल सरकारको संग्लनता र लगानीप्रति तिव्र आक्रोश पोखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७