पाँच जनालाई ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’(फोटोफिचर)


१७ असार २०७६, मंगलवार
prachanda 22

काठमाडौं, १७ असार । हरेक वर्षको असार १७ गते नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिवंगत छोराको सम्झना गराउँछ । छोरा प्रकाशको जन्मजयन्ती पर्ने यो दिनले प्रचण्डलाई भावुक मात्र बनाउँदैन्, पीडा समेत दिन्छ ।

प्रकाश दाहालको ३८ औं जन्मजयन्तीका अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पनि प्रचण्ड निकै भावुक बने । उनले दिवंगत छोराको सम्झनामा बोल्दै गर्दा सुन्ने सबैको अमिलो बन्यो । अध्यक्ष दाहालले अल्पायुमा नै निधन भए पनि प्रकाश दाहालको योगदान अभुतपूर्व रहेको बताएका छन् ।

प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा बुबा प्रचण्डले छोरा प्रकाशको राजनीतिक योगदानलाई स्मरण गरेका हुन् । उनले ३६ बर्षको छोटो उमेरमा नै आकस्मिक निधन हुँदा परिवार, पार्टी र सिङ्गो देश नै स्तब्ध भए पनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपूर्व रहेको टिप्पणी गरे ।

उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिन पाएको सुनाए ।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सगरमाथासँग जोडिएका कथा व्यथा खोतल्ने काम प्रतिष्ठानले गर्नुको साथै पर्वतारोहणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पात्रहरुलाई सम्मान गर्नका लागि ३८ औँ जन्मजयन्तीको कार्यक्रम गरिएको जानकारी गराइन् ।

उनले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको पनि स्मरण गरेकी थिइन् । कार्यक्रममा गंगा दाहालले आफूले अल्पायुमै मिलनसार र राजनीतिक चेत बोकेको होनहार भाइ गुमाउनु परेको बताएकी थिइन् ।

पाँच जनालाई साहसिक सम्मान
कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो। आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्रकुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

राष्ट्रियसभामा आयोजित कार्यक्रममा प्रकाश दाहाल प्रतिष्ठानले ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ प्रदान गरिएको हो । प्रतिष्ठानकी अध्यक्ष प्रकाशकी जीवनसाथी एवं खानेपानी मन्त्री बिना मगर हुन् । प्रकाश अध्यक्ष प्रचण्डका स्वकीय सचिव समेत थिए ।

दाहालको २०७४ साल मंसिर ३ गते हृदयघातको कारण निधन भएको थियो । प्रचण्ड भने सो अवसरमा निक्कै भावुक देखिन्थे । उनको अनुहारमा प्रष्टै देखिन्थ्यो । प्रकाशको बारेमा माधव नेपालले बोल्दा होस् वा छोरी गंगाले उनी भावुक देखिन्थे ।

माधव नेपालले प्रकाशको मृत्युले उहाँ (प्रचण्ड) को दाहिने हात नै भाँचिए जस्तै भो भन्दा उनी सम्हालिन खोजिरहेका थिए । नेकपाका पूर्व प्रधानमन्त्री माधव नेपालले प्रकाशका बारेमा बोल्दा प्रचण्डलाई सम्हालिन निकै मुस्किल परेको सहजै देख्न सकिन्थ्यो । कार्यक्रममा माधव कुमार नेपाल, ऊर्जा मन्त्री वर्षामान पुनलगायत नेता तथा कार्यकर्ता उपस्थित थिए ।
हेर्नुस् तस्विर

 

cpn uml 3

cpn uml 6

cpn uml 8

cpn uml 7

prachand prachand puspa kamal dahal madhav nepal 2 cpn uml 9 astiyak rai cpn uml 5

cpn uml 2

cpn uml 5

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७