महिला उद्यमीको प्रतिनिधिमण्डल कोरिया प्रस्थान


१७ असार २०७६, मंगलवार
Women Nepal

काठमाडौँ, १७ असार :  नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको नेतृत्वमा १७ सदस्यीय उद्यमी प्रतिनिधिमण्डल मंगलबार दक्षिण कोरिया प्रस्थान गरेको छ ।

कोरियन वुमन इन्टरपेनर एशोसिएशनको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको उक्त प्रतिनिधिमण्डलले सियोलस्थित उद्यमीसँग बुधबार र बिहीबार लगानी, व्यापार प्रवद्र्धन, साना तथा मझौला उद्योगका सम्भावनालगायत विषयमा छलफल गर्ने महासङ्घले जनाएको छ ।

प्रतिनिधिमण्डलले त्यहाँस्थित नेपाली दूतावासमा छलफल तथा अन्य औद्योगिक संस्थासँग अन्तरक्रिया गर्नेछ ।

भ्रमण दलका सदस्य एवं समितिका उपाध्यक्ष रम्भादेवी श्रेष्ठले कोरियाको विकास र समृद्धिका लागि त्यहाँको सरकार र निजी क्षेत्रको सहकार्यमा भइरहेका विभिन्न आयोजनाको अध्ययनबाट स्वदेशमा थप उद्योग स्थापनाका लागि वातावरण मिल्ने बताइन् । उक्त प्रतिनिधिमण्डल यही २३ गते स्वदेश फिर्ता हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७