अमेरिका विश्वकप फुटबलको फाइनलमा, इङल्याण्ड पराजित


१८ असार २०७६, बुधबार
usa2

काठमाडौं, १८ असार । अमेरिका महिला बिश्वकप फुटबलको फाइनलमा पुगेको छ । मंगलबार राति भएको सेमिफाइनलमा अमेरिकाले इङल्याण्डलाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको १० औं मिनेटमा क्रिस्टिन प्रेसले गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । एलिन ह्वाइटले १९ औं मिनेटमा इङ्ल्याण्डका लागि बराबरी गोल फर्काइन् ।

us

३१ औं मिनेटमा एलेक्स मोर्गानले गोल गर्दै टिमलाई २–१ अन्तरले अग्रता दिलाइन् । मिल्ली ब्राइट रातो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम ४ मिनेट इंगल्याण्ड १० खेलाडीमा सिमित बनेर खेलेको थियो ।

अमेरिका लगातार तेस्रो पटक विश्वकपको फाइनल पुगेको हो । अर्को सेमिफाइनलमा स्वीडेन र नेदरल्याण्ड खेल्दै छन् । खेल बुधबार राति १२ः४५ बजे शुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७