कोपा अमेरिका : अर्जेन्टिनालाई हराउँदै ब्राजिल फाइनलमा, देखिएन मेस्सीको जादू


१८ असार २०७६, बुधबार
copa c2ntgODP9b

काठमाडौं, १८ असार । घरेलु टोली ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको खेलमा चिरपरिचत प्रतिद्वन्द्वी अर्जे्न्टिनामाथि २–० को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । ब्राजिलको जितमा ग्याब्रियल जेसस र रोबर्टो फिरमिनोले एक–एक गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा ब्राजिलका गागिाब्रिएल जेससले गोल गरी ब्राजिललाई अग्रता दिलाएका थिए । उनले रोबर्टो फिरमिनोको पासमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका हुन् । पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा पनि १ गोल थपेको थियो ।

लियोनल मेस्सी प्रेरित अर्जेन्टिना ब्राजिलमाथि कुनै पनि बेला हावी देखिएन् । जारी प्रतियोगितामा मेस्सीले कुनै पनि गोल गर्न नसक्दा अर्जेन्टिना सेमिफाइनलबाटै आउट भयो ।

७१ औं मिनेटमा रोबर्टो फिरिमिनोले गोल गर्दै ब्राजिललाई २–० ले अग्रता दिलाएपछि अर्जेन्टिना निरास बन्न पुग्यो । त्यसपछि पनि गोल गर्न निकै प्रयास गरेको अर्जेन्टिनाको प्रयास सफल हुन सकेनन् । अब फाइनलमा ब्राजिलले चिली र पेरुबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७