देशमा अब १३५ जना मन्त्री


२८ मंसिर २०७४, बिहीबार
7 State of Nepal

काठमाडाैं : देशमा अब १३५ जना मन्त्री हुने  छ । केन्द्र सरकारमा बढीमा २५ सदस्यीय मन्त्रिमण्डल बन्ने छ । सात प्रदेशमा बढीमा एक सय १० मन्त्री हुनेछन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ। 7 State of Nepal

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय मर्ज गर्ने जिम्मेवारी नयाँ सरकारलाई छाड्ने भएका छन् । मन्त्रालय एकअर्कामा मर्ज गर्ने विषय नयाँ सरकार गठनपछि कार्यान्वयन हुने भएकाले त्यसबारे कुनै निर्णय नहुने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताएको नयाँ पत्रिकामा समाचार छ ।

तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत नेतृत्वको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिले केन्द्रीय सरकारमा १५ मन्त्रालय राख्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७