‘छ माया छपक्कै’ मा केकीको आशा


१८ असार २०७६, बुधबार
keki adhikari

काठमाडौं, १८ असार । नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बक्स अफिसमा राम्रो ब्यापार गर्न सकेन । यस चलचित्रलाई चोरीको आरोप समेत लागेको थियो । चलचित्र चोरिएको बिषय केकीले पनि स्विकार गर्दै आगामी दिनमा दर्शकको चाहना अनुसारको चलचित्र बनाउने बताएकी थिइन् ।

चलचित्र ‘छ माया छपक्कै’ का छायांकार हरि हुमागाँइको जन्मदिनमा शुभकामना दिने क्रममा केकीले भनिन्, ‘छ माया छपक्कै’ मा काम गरेपछि मैले थाहा पाएँ कि, ‘कोहलपुर एक्सप्रेस’ मा काम गर्दा मैले धेरै नै तनाव लिएकी रहेछु । त्यो तनाबलाई ‘छ माया छपक्कै’ को सेटबाट बिदा गरेकी छु ।’

उनले चलचित्रको सेटमा ४० दिनसम्म काम गर्दा निकै नै खुशी साटेको बताएकी छिन् । नायिका केकी अधिकारी करिअरकै पहिलो हिट चलचित्रको रुपमा ‘छ माया छपक्कै’ हुनेमा आशावादी रहेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७