चौथो दलको सरकार, तेस्रो दल प्रमुख प्रतिपक्षी !


२८ मंसिर २०७४, बिहीबार
upendra yadav

काठमाडाैं : प्रदेश २ को सरकार निर्माण रोचक हुने भएको छ । देशकै पहिलो, दोस्रो एवं तेस्रो शक्तिशाली दल प्रतिपक्षमा र चौथो एवं पाँचौं दलको नेतृत्वमा प्रदेश २ को सरकार बन्ने देखिएको हो । अाजकाे  राजधानी दैनिकमा समाचार छ ।  upendra yadav
‘गठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका राजपा नेपाल र संघीय समाजवादी फोरमले यो प्रदेशमा सरकार गठन गर्न पुग्ने बहुमत ल्याएका छन्’, राजधानी दैनिक आफ्नो समाचारको अगाडि लेख्छ, ‘सरकार निर्माणका बेलासम्म उनीहरुको गठबन्धन नटुटे मधेसवादी दलको नेतृत्वमा सरकार बन्ने निश्चित छ ।’
योसँगै अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत ल्याएको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच पार्टी एकीकरण नभए देशभरको प्रत्यक्ष निर्वाचनतर्फको परिणाममा तेस्रो भएको दल नेपाली कांग्रेस प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल बन्ने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७