अन्ततः नहुने भयो ‘आइफा’ अवार्ड


१८ असार २०७६, बुधबार
Iifa award in Nepal

काठमाडौं, १८ असार । विवादित बनेको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) अवार्ड नेपालमा नहुने निश्चित भएको छ ।

आईफा अवार्ड समारोहको संयोजन गरिरहेको पर्यटन बोर्डले यसको संकेत दिएको छ । बोर्डका सीईओ दीपकराज जोशी आईफा अवार्ड नेपालमा नहुने पक्का–पक्की भएको र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको बताएका छन् ।

उनले भने, ‘हामी बैठक बसेर यसको अन्तिम टुङ्गो लगाउने छौँ । तर, अवार्ड नहुने भने लगभग निश्चित भइसकेको छ ।’ उनले अवार्डबारे थप निर्णय भने पर्यटन मन्त्रालयले गर्ने जानकारी दिए ।
असार ३ गते बसेको मन्त्रिपरिषद्स्तरीय बैठकले आईफा नेपालमा गर्ने र सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

तर, आईफाका लागि आवश्यक खर्च (झण्डै १ अर्ब) सरकारले ब्यहोर्नुपर्ने भएपछि नागरिक, प्रतिपक्षी दल र सत्तापक्षकै नेताबाटै चर्को विरोध हुँदै आएको थियो । यसैबीच मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले समेत आईफा नेपालमा गर्ने निणयलाई राष्ट्रघाती ठहर गर्दै नगर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७