‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाबाट अवार्डको अपेक्षा


१८ असार २०७६, बुधबार
swostima 1

काठमाडौं, १८ असार । श्रीलंकामा जारी सार्क फिल्म फेस्टिबलमा सहभागी हुन नायिका स्वस्तिमा खड्का र निर्देशक दिनेश राउत श्रीलंकामा छन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’, नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’ प्रतिस्पर्धामा छन् ।

नायिका स्वस्तिमाले आफ्ना लागि यो फेस्टिबल निकै महत्वपूर्ण रहेको बताएकी छिन् । यो फेस्टिबलबाट आफूले धेरै कुरा सिक्न पाएको उल्लेख गरेकी छिन् । सार्क फिल्म फेस्टिबलमा नायिका गरिमा पन्तले चलचित्र ‘झोला’ बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

नायिका स्वस्तिमाबाट यो अवार्डको अपेक्षा गरिएको छ । किनकी, चलचित्र ‘बुलबुल ’मा उनले निर्वाह गरेको भूमिकाले दर्शकको मन जितेको थियो । समीक्षकले पनि उनको कामलाई उत्कृष्ट भनेका थिए । उक्त फेस्टिबलमा स्वस्तिलाई सारीमा देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७