कुलेखानी तेस्रोको विजुली साउन पहिलो हप्ताबाट


१८ असार २०७६, बुधबार
Kulekhani 3

हेटौडा, १८ असार । उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सानुटारमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी साउन पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने भएको छ ।

विद्युत गृहमा बाँकी उपकरण र तार जडान गरिएपछि छिट्टै विद्युत् उत्पादन गरी मुख्य प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । भैंसेस्थित कुलेखानी दोस्रो आयोजनाबाट निस्किएको पानीलाई चार किलोमिटर सुरुङ मार्गबाट ल्याई सफलतापूर्वक विद्युत गृहमा राखी परीक्षण उत्पादन गरिएको आयोजनाले जनाएको छ ।

१४ मेगावट क्षमताको सो आयोजना नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लागतमा निर्माण गरिएको हो । चिनियाँ प्राविधिक टोलीले यही असार महिनाभित्र विद्युत गृहको बाँकी काम केही दिनभित्र सक्ने र नियमित विद्युत् उत्पादन हुने आयोजनाका प्रमुख सुवास मिश्रले जानकारी दिए ।

तोकिएको समयभन्दा ढिला हुनाको मुख्य कारण ठेकेदार कम्पनी जिम्मेवार रहेको बताउँदै उनले यसलाई पूरा गर्न धेरै मेहनत गर्नुपरेको जानकारी दिए । विद्युत गृह नियमित सञ्चालनमा आउने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७