गायक राजेश पायल राई ‘नगर वर्ष व्यक्ति’ घोषित


१८ असार २०७६, बुधबार
rajesh payal rai 19 bhadau 2074

खोटाङ, १८ असार । चर्चित गायक राजेश पायल राई नगर वर्ष व्यक्ति घोषित भएका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भएका गायक राईलाई बुधबार दिक्तेलमा आयोजित दोस्रो नगर दिवसको अवसरमा एक लाख राशीको नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

नगरपालिकाभित्रै जन्मिएर गीत–संगीतका माध्यमबाट स्वदेश तथा बिदेशमा नगरपालिकाको नाम र प्रतिष्ठा फैलाउनमा योगदान पुर्‍याएकामा गायक राईलाई पुरस्कारले सम्मान गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिएका छन् ।

गायक राईको अनुपस्थिति भएका कारण अन्य अवसर पारेर सम्मान प्रदान गरिने नगरपालिकाले जनाएको छ । ‘नगर दिवसमै उहाँ (राजेशपायल) लाई सम्मान प्रदान गर्ने भनेका थियौं । तर, कार्य व्यस्तताका कारण उहाँ आउन सक्नु भएन’, मेयर रिजालले भने, ‘नगरपालिकाको अन्य महत्वपूर्ण कार्यक्रमको अवसर पारेर यो पुरस्कार प्रदान गर्ने छौं ।’

सामाजिक, शैक्षिक, कला, साहित्य, संगीतलगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने एक व्यक्तिलाई हरेक नगर दिवसमा प्रदान गर्ने गरी नगरपालिकाले २०७५ सालमा नगर वर्ष व्यक्ति पुरस्कार स्थापना गरेको हो । पहिलो नगर दिवसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका शिक्षासेबी इमानसिं राईलाई नगर वर्ष व्यक्ति पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७