मड्रिडका मिडफिल्डर रोद्री म्यानचेस्टर सिटीमा अनुबन्ध हुने


१९ असार २०७६, बिहीबार
Rodri Plocod4G47

काठमाडौं, १९ असार । इङलिस क्लब म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडका मिडफिल्डर रोद्रीलाई अनुबन्ध गर्ने निश्चित गरेको छ ।

उनका लागि सिटीले ६२.६ मिलियन पाउण्डको रिलिज एट्लेटिको मड्रिडलाई तिर्ने भएको छ । यो स्थानान्तरण सफल भएमा रोद्री म्यानचेस्टर सिटीमा आउने सबैभन्दा महँगा खेलाडी बन्ने छन् । सिटीले २०१८ मा रियाद मेहरेजका लागि ६० मिलियन पाउण्ड खर्चिएको थियो ।

२३ वर्षे २०२३ सम्म एट्लेटिको मड्रिडमा सम्झौता कायम थियो । तीन वर्ष भिल्लारियलमा बिताएर उनी सन् २०१८ मा एट्लेटिको मड्रिड आएका थिए ।

उनले स्पेनिस टिमबाट गएको वर्ष जर्मनीविरुद्धको मैत्रिपूर्ण खेलमा डेब्यू गरेका थिए । अहिलेसम्म रोद्रीले ६ क्याप जितिसकेका छन् । सिटी प्रशिक्षक पेप गार्दिओलालाई रक्षात्मक मिडफिल्डरको आवस्यकता थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७