स्वतन्त्र सांसद दिपक मनाङे नेकपामा प्रवेश


१९ असार २०७६, बिहीबार
dipak manage

पोखरा, १९ असार । मनाङ ‘ख’ बाट निर्वाचत गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ (दिपक मनाङे) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

बिहीबार पोखरा नयाँबजारको शान्ति वनस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनी नेकपामा प्रवेश गरेका हुन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्वा गुरुङले पार्टीमा स्वागत गरेका छन् ।

चुनाव जितिसकेपछि ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद गुरुङले थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए । गुरुङ प्रदेशको अर्थ तथा विकास समितिको सदस्य पनि छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७