‘सानो मन’ को यस्तो छ, ‘अवसर’


१९ असार २०७६, बिहीबार
rohitjon chhetri

काठमाडौं, १९ असार । चलचित्र ‘सानो मन’ यहि २७ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा युवा युवतीको प्रेम सम्बन्धलाई उठान गरेको छ । चलचित्रको शीर्ष भूमिकामा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के छन् । चलचित्र निर्माण युनिट यति बेला प्रचारप्रसारमा ब्यस्त छ ।

यसैवीच, चलचित्रको प्रचारप्रसारलाई तीव्रता दिने क्रममा यसको निर्माण पक्षले एउटा प्रतिस्पर्धा घोषणा गरेको छ । जसमा चलचित्रको शीर्ष गीतको भिडियो गाएर पठाउने उत्कृष्ट एक जनाले गायक रोहितजोन क्षेत्रीसँग गीत गाउन पाउने बताइएको छ । साथमा, यो गीतको भिडियोलाई चलचित्रको टिमले निर्माण गर्नेछ । नयाँ प्रतिभालाई प्रोत्साहन गर्न यो प्रतियोगिताको आयोजना गरिएको हो । शीर्ष गीतमा रोहितजोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द, सुयोग सोताङ्गको संगीत छ ।

ओ.पी.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा योगशे गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धरको लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७