‘सरौतो’ को ‘कुले दाइ’ सार्वजनिक (भिडियोसहित)


१९ असार २०७६, बिहीबार
sarauto

काठमाडौं, १९ असार । कात्तिक २२ गतेलाई प्रदर्शनको मिति तोकेको चलचित्र ‘सरौतो’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुले दाइ’ बोलको गीत काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसको निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । यो गीतमा राजनराज शिवाकोटीको संगीत, स्वर र शब्द छ । मिलन नेवारले राजनलाई गायकीमा साथ दिएकी छन् ।

यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका सुमी मोक्तान र कलाकार सन्नी सिंहलाई फिचरिङ गरिएको छ । यो भिडियोमा निलिशा शाक्यको कोरियोग्राफी रहेको छ । यो चलचित्रलाइ हरि हुमागाँइले निर्देशन गरेका हुन् । विराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एन्ड ग्लिटर स्टूडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथा आधारित भनिएको छ ।

चलचित्रमा सुमी र सन्नीको साथमा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा राघवकृष्ण गौतमको लेखन , उत्तम हुमागाईंको छायांकन , निमेष श्रेष्ठको सम्पादन छ ।
हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=0CuaNAnyAfs

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७