‘आयो भैरे’ मा नायिका संचिता


१९ असार २०७६, बिहीबार
nikhil ra snchita

काठमाडौं, १९ असार । नायक निखिल उप्रेती चलचित्र ‘आयो भैरे’ का साथमा दर्शकमाझ आउँदै छन् । अहिले यो चलचित्रको धमाधम स्क्रिप्टको काम भईरहेको छ ।

यो चलचित्रमा निखिल आफै निर्देशक हुन् । निखिल चलचित्रमा प्रहरीको भूमिकामा देखिदै छन् । ‘भैरे’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाडौंमा काम गर्ने एक प्रहरीको कथा उठान गर्ने बताएका छन् ।

यसैवीच, चलचित्र ‘आयो भैरे’ मा भने निखिलले नायिकाको रुपमा संचिता लुइटेललाई नै खेलाउन लागेको खबर प्राप्त भएको छ । निखिलले भने नायिकाको बिषयमा केही पनि बोलेका छ्रैनन् । तर, निखिल र संचिताले नै पर्दा शेयर गरेर यो चलचित्रमा काम गर्न लागेको खबर बाहिरिएको छ ।

चलचित्र ‘माया त माया हो’ मा काम गर्ने क्रममा निखिल र संचिता प्रेममा परेका थिए । पछि, उनीहरुले बिहे गरे । दर्शकले पनि लामो समयदेखि निखिल र संचितालाई पर्दामा हेर्न चाहेका छन् । अफर आएका सबै चलचित्र असफल भएपछि संचिताको करिअर संकटमा परेको छ । यसैले पनि संचिताको करिअरलाई फेरि उकास्न निखिलले साथ दिनुपर्छ भन्ने चर्चा चल्दै आएको थियो । अब भने निखिल र संचितालाई दर्शकले एकसाथ पर्दामा हेर्न पाउनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७