ज्याकलिनको आइटम ‘साहो’ मा


१९ असार २०७६, बिहीबार
Actress Jacqueline Fernandez Vogue

काठमाडौं, १९ असार । अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ ।

यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृष्यमा देखिनेछन् । ‘बाहुबली’ को सफलतापछि प्रभाषप्रति दर्शकको आशा निकै बढेको छ । यसैवीच, यो चलचित्रका लागि एक आइटम गीतको छायांकन गरिएको छ । आइटम गीतलाई अष्ट्रियामा खिचिएको हो ।

आइटम गीतमा बलिउडकी हटकेक नायिका ज्याकलिन फर्नान्डेजले नृत्य गरेकी छिन् । अष्ट्रियामा चलचित्रको छायांकन सकेर ज्याकलिन भारत फर्किएकी छिन् । टिजरमा प्रभाषको एक्सनले दर्शकको ध्यान खिचेको छ । प्रभाष र ज्याकलिनको आइटमले तहल्का मच्चाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७