समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियाे, कुल दलले कति ल्याए ? (मतसहित)


२८ मंसिर २०७४, बिहीबार
election nepal

काठमाडाैं : मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार बिहान १० बजेसम्म ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।election nepal
अब १७ जिल्लामा मतगणना कार्य जारी रहेको छ । मत गणना भइरहेका जिल्लामा सुनसरी, धनुषा, सप्तरी, सर्लाही, महोत्तरी, काठमाडौँ, चितवन, स्याङ्जा, अर्घाखाँची र प्यूठान, सुर्खेत, कैलाली, कञ्चनपुर र डोटी छन् ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यतर्फको मतगणना कार्य हिजै सम्पन्न भएको छ ।

कुल दल कति ल्याए ?

 नेकपा एमाले : २६ लाख ३१ हजार ९९१
नेपाली काँग्रेस : २५ लाख ४६ हजार ६९
नेकपा (माओवादी केन्द्र)  : १० लाख ४५ हजार ४४६
संघीय समाजवादी फोरम नेपाल : तीन लाख ५१ हजार ५२५
राष्ट्रिय जनता पार्टी नेपाल : दुई लाख ९५ हजार ४४८
राष्ट्रिय प्रजातन्त्र पार्टी : एक लाख ७५ हजार ५९०
विवेकशील साझा पार्टी : एक लाख ७३ हजार ७९७
नयाँ शक्ति पार्टी नेपाल : ६९ हजार २४१
राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) : ६३ हजार ८९२
नेपाल मजदुर किसान पार्टी : ५० हजार ४०१
अन्य दल : २ लाख ८० हजार ८२६ मत

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७