नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो,कप्तान रितको अविजित सतक


२८ मंसिर २०७४, बिहीबार

काठमाडौं:नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।u 16 nepali cricket team

नारायण जोशी र मेख बहादुरसेन थापाले समान ४ विकेट र विशाल विक्रम केसीले १ विकेट लिएपछि म्यानमार टोली सस्तैमा समेटिएको थियो । नारायणले ३ ओभरमा २ मेडन राख्दै १ रन खर्चे । मेखले ३ ओभरमा ४ रन दिए । विशालले ३ बलमा रन नखर्चि विकेट लिए । म्यानमारका लागि हियन अयुङले सबैभन्दा बढी ३ रन बनाए भने ७ खेलाडीले रनको खाता समेत खोल्न सकेनन् ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । माथिल्लो क्रममा ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि नेपालले ३ सय माथि रन जोडेको थियो । पाँचौं विकेटका लागि कप्तान रित र त्रितराज दासले ९९ रनको ठूलो साझेदारी गरेका थिए ।

७८ बल खेलेका रितले १२ चौका साथ अविजित १ सय ६ रन जोडे । त्रितले पनि अर्धशतक पुरा गरे । मात्र २९ बल खेलेका त्रितराजले ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । विशाल विक्रम केसीले ४२ बलमा ७ चौकासहित ४२, ओपनर कुशल मल्लले २३ बलमा ३ चौका र त्यत्तिनै छक्कामा ३६ रन तथा सुवास ऐरले १७ रन जोडेका थिए । आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७