मुखमा टेप बाँधिएको अवस्थामा घरैभित्रै मृत्त भेटियो पाँच जनाको परिवार


२० असार २०७६, शुक्रबार
hatya

काठमाडौं, २० असार । मुखमा कालो टेप बाँधिएको अवस्थामा पाँच जनाको सिङ्गो परिवार घरभित्रै मृत्त अवस्थामा भेटिएका छन् ।

भारतको गजियाबादस्थित न्यू शताब्दीपुरमा एउटा घरबाट श्रीमान, श्रीमती र उनका तीन सन्तानको शव भेटिएको छ । पाँचै जनाको मुखमा कालो टेप बेरिएको थियो । पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको छ ।

भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार श्रीमानको नाम प्रदिप हो, उनकी श्रीमती एम्समा स्टाफ नर्स थिइन् । बच्चाहरुको उमेर ८, ५ र ३ बताइएको छ । श्रीमानलाई रक्सीको लत थियो । घटनाको कारण स्पष्ट छैन । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्राप्त जानकारी अनुसार ४२ वर्षका प्रदीप नामका व्यक्ति आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बसिरहेका थिए । प्रदीप र उनकी श्रीमती र तीन सन्तान एउटा कोठामा सुतिरहेका थिए । शुक्रबार बिहान जब उनीहरुको कोठाको ढोका खोलिएन र कुनै गतिविधी पनि देखिएन तब ढोका ढक्ढकाइयो ।

तर पनि भित्रबाट कोही बोलेनन् । परिवारलाई शंका लागेपछि झ्यालबाट भित्र हेरियो । खाटमाथि प्रदीप र उनका तीन सन्तानको शव देखियो । प्रदीप र उनका बच्चाहरुको मुखमा करिब चार इन्च चौडा कालो रङको टेप नराम्रोसँग बेरिएको थियो जबकी ४० वर्षीया श्रीमती संगिता खाटमुनी अचेत अवस्थामा थिइन् । उनको टाउकोमा गम्भीर चोट थियो र उनी तड्पिरहेकी थिइन् । नजिकै रगत लत्तपत्तिएको हथौडा थियो ।

भारतीय मिडिया आजतकका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो । पछि उनको मृत्यु भयो । पुलिसले प्रदीप र उनका तीन सन्तानको शव पोष्टमार्टमका लागि पठाएको छ । शुरुवाती अनुसन्धानमा कोठाभित्र कुनै सुसाइड नोट पनि नभेटिएको पाइएको छ ।

पुलिसले शुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको र त्यसपछि तीन सन्तानको मुखमा कालो टेप लगाएर हत्या गरेको हुनसक्ने अनुमान गरेको छ । त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरिएको छ । अर्को कोठामा सुतिरहेका आमा–बुवाले आफूले कुनै पनि आवाज नसुनेको बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७