‘कमेडी च्याम्पियन’ को अडिसन शुरु, विजेतालाई २५ लाखसहित कार उपहार


२० असार २०७६, शुक्रबार
comedy champian logo

काठमाडौं, २० असार । नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । यसै क्रममा गाईजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट ‘कमेडी च्याम्पियन’ प्रशारण हुन लागेकोे छ ।

थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् । उनले अब, अडिसनको तयारीमा लागेको सुनाए । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा रहनेछन् ।

निर्देशक भण्डारीले भने, ‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ । यिनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागिता जनाउन पाउने छन् ।’

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिने आयोजकले बताएको छ । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजक टिमले बताएका छन् । यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७