‘कोहलपुर एक्सप्रेस’ को तनाब भुल्दै केकी


२० असार २०७६, शुक्रबार
keki

काठमाडौं, २० असार । ‘कोहलपुर एक्सप्रेस’ ले दिएको तनाव बिर्सिएर अगाडि बढेका कारण उनी खुशी भएकी छिन् । उनी अहिले चलचित्र क्षेत्रको सबैभन्दा चलेको टिमसँग सहकार्य गर्न पाउँदा पनि खुशी छिन् । साथमा केकी निर्मात्री बनेर ‘कमेडी च्याम्पियन’ नामक रियालिटी शो आयोजना गर्दैछिन् ।

केकीको मनमा चोरीको आरोप कसरी मेटाउने भन्ने छ । उनले नै लगानी गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ लाई लागेको चोरीको दाग उनी मेटाउन चाहन्छिन् । यसका लागि उनी यो रियालिटी शो सफल हुनेमा विश्वस्त छिन् ।

नायिका अधिकारीलाई फेसनको मामलामा भने त्यती सफल मानिदैन । केकीको पहिरनमा विविधता हँुदैन भनिन्छ । केकी अधिकारीले लगाउने पहिरनले दर्शकको ध्यान तान्न भने सकेको छैन । नेपाली सिने क्षेत्रभित्र चलचित्र नचलेपनि चल्ने केही नायिकामा केकी पनि पर्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७