ऋतिकको चाहना टाइगरसँग अरु चलचित्र पनि गर्ने


२० असार २०७६, शुक्रबार
ritik

काठमाडौं, २० असार । नायक ऋतिक रोशनका फ्यान हुन् अर्का नायक टाइगर श्राफ । टाइगरको डान्स र शरीरमा ऋतिकको सम्झना आउँछ भनिन्छ ।

यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘फाइटर्स’ मा दर्शकले ऋतिक र टाइगरलाई एकसाथ देख्न पाउने छन् । चलचित्रमा भीएफएक्स पनि प्रशस्त छ । यसैवीच, एक म्यागेजिनसँग कुराकानी गर्दै ऋतिकले आफ्नो सामु उभिने शक्ति टाइगरमा मात्र भएको बताएका छन् ।

ऋतिकले भने, ‘काबिल र सुपर ३०’ जस्ता चलचित्र गरेपछि मलाई एउटा यस्तो चलचित्र चाहिएको थियो जसले मलाई उत्कृष्ट बन्नका लागि प्रेरित गरोस् । म एकदमै सालिन भएको थिएँ र मलाई लाग्थ्यो कि मेरो सामु उभिने शक्ति टाइगरमा मात्र छ ।’

उनले भने, ‘मैले केही यस्ता चलचित्रमा काम गरेको छु, जहाँ म एक्लै छु । अब म चलचित्रमा रमाउन चाहन्छु । टाइगरसँग मैले गरेको चलचित्र निकै नै रमाइलो छ ।’ ऋतिकले आफूले अझै पनि अन्य चलचित्रमा टाइगरसँग काम गर्न चाहना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७