५१ उम्मेदवारको जमानत जफत


२८ मंसिर २०७४, बिहीबार
election nepal 1

काठमाडौं: वीरगंज सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । लोकतान्त्रिक गठबन्धन, मधेसी गठबन्धन र वाम गठबन्धनबाहेक अधिकांश दलका ५१ उम्मेदवारहरूको जमानत जफत भएको हो ।

election nepal 1

प्रतिनीधीसभा सदस्यका लागी ६४ जनाले दिएको उम्मेदवारी भध्ये १३ जनाले मात्र आफनो जमानत जोगाउन सकेका छन् । ५१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जसमा ३१ स्वतन्त्र र २० विभिन्न पार्टीका उम्मेदवारहरु रहेछन् । प्रदेशसभा सदस्यका लागी १ सय १२ जनाले दिएको उम्मेदवारी मध्ये २८ जनाले आफनो जमानत बचाउन सकेका छन् । ८४ जना उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय पर्साका अधिकृत हुमनाथ पराजुलीले बताए ।
ठुला दलहरुबाट समेत केही उम्मेदवारहरुको जमानत जफत भएको छ । वाम गठबन्धनबाट उम्मेदवार बनेका पर्सा क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’मा एमालेका शम्भु गुप्ताले २ हजार ८ सय ७६, स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफले ५ सय ७१, राप्रपाका विनय झाले ३ सय ४०, नेकपा मालेका अनिता देवीले २ सय २२, नेपाल जनता पार्टीका पुरुषोत्तम दुबेले १ सय ७५, नेपाल सङ्घीय समावादी पार्टीका उमेश गिरीले १ सय ६४, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र रामले ७६, नेकपा माक्र्सवादीका महम्मद आलम देवान फकिरले २०, स्वतन्त्र उम्मेदवारहरू विकासकुमार उपाध्यायले १४, शम्शाद आलम १४, महम्मद शम्शाद अलिले ६ मत ल्याएपछि जमानत जफत भएको हो ।
नियमानुसार सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएमा जमानत जफत हुने प्रावधान छ । सदर मतको १० प्रतिशत मत नल्याउने अधिकांश नेताहरूको उम्मेदवारी बापत राखेको धरौटी रकम समेत जफत हुने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७