३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ


२८ मंसिर २०७४, बिहीबार
1513242176533 SA Dhading 20171214 SR
ufFhf;xlt dxtf] ;fj{hlgs Onfsf k|x/L sfof{no uh’/L, wflbªn] a/fdb u/]sf] #* lsnf]u|fd ufFhf;xlt ;fj{hlgs ub}{ k;f{ sNof0fk’/ ufpFkflnsf–$ sf x[bogGbk|;fb dxtf] . tl:a/ M ;Ltf/fd clwsf/L, wlbª, /f;;

मलेखु धादिङ: लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

1513242176533 SA Dhading 20171214 SR

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए ।

साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिए । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७